शिथिल बन्दै सेयर बजार, नेप्सेमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम ५ अर्बमा खुम्चियो


 

काठमाडौँ ।पछिल्लो सयम सेयरबजार शिथिल बन्दै गएको छ । सेयर बजारमा लगातार गिरावट आउँदा कारोबार रकम पनि साथ छोड्दै गएको हो ।
बुधबार नेप्से ११.९७ अंकले घटेर २६४६.९५ अंकमा पुगेको  छ । पछिल्लो समय लगानीकर्तामा उत्साह घटेको छ । जसका कारण बजारसँगै कारोबार रकम पनि घटेको छ ।
बुधबार कारोबारमा आएका ३१३ वटा कम्पनीका १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर ५९ हजार १३० पटक किनबेच हुँदा ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार नेप्से ३५।७३ अंकले घटेर २६५८।९३ अंकमा पुगेको थियो । मंगलबार कारोबारमा आएका ३१५ वटा कम्पनीका १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर ७५ हजार ५०८ पटक किनबेच हुँदा कारोबार रकम ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ पुगेको थियो।

बुधबार व्यापार समूह २१.०९ अंकले र म्याचुअल फन्ड समूह ०.०८ अंकले बढ्दा अरु सबै समूह राताम्मे देखिएका छन् ।

समग्र बजार घट्दा पनि ओम मेगाश्री फर्मास्युटिकल्स र पिओर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सुपर माई हाईड्रोपावरको सेयर मूल्य ७.३४ प्रतिशत, सनराइज फोकस्ड इक्युटी फन्डको सेयर मूल्य ४.५२ प्रतिशतले बढेको छ ।

यता, कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ । मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ३.७० प्रतिशत, १० प्रतिशत सिटिजन्स बैंकको डेभेन्चर ३.६४ प्रतिशत, उपकार लघुवित्तको सेयर मूल्य ३.४० प्रतिशत र सामुदायिक लघुवित्तको सेयर मूल्य ३.३० प्रतिशतले घटेको छ ।

करोबार रकमका आधारमा सबैभन्दा बढी अरुण काबेलि पावरको ३६ करोड २५ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका इकाई संख्याको आधारमा १३ लाख ४५ हजार ४२६ इकाईको कारोबार सहित अरुण काबेलि पावर शीर्षस्थानमा छ ।कारोबार संख्याका आधारमा ओम मेगाश्री फर्मास्युटिकल्स ५ हजार ५०९ पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।

बुधबार कुल बजार पुँजीकरण ४४ खर्ब ८ अर्ब ४५ करोड ९३ लाख रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: २१ जेठ २०८२, बुधबार  १५ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।