गण्डकी प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत, राउण्ड फेवा, भ्यू फेवा अभियान


काठमाडौँ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

नीति तथा कार्यक्रममा राउण्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिेने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशको पर्यटन विकास र प्रवद्र्धनका लागि पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्यक्रम सञ्चालन गरिने घोषण गरेका हुन् ।

पर्यटनको राजधानी पोखराको ब्राण्डिङका लागि पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔँ कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख गरिएको छ ।
यस्तै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पहिले घरदेश, अनि परदेश कार्यक्रमलाई निरन्तरता दिई गण्डकी प्रदेशलाई आरोग्य पर्यटन हवको रुपमा विकास गरिने पनि उल्लेख गरिएको छ ।

प्रकाशित मिति: २१ जेठ २०८२, बुधबार  १७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।