काठमाडौँ । पुर्व सभामुख अग्नि सापकोटा विरुद्धको मुद्दामा सर्वाेच्च अदालतले उत्प्रेषण आदेश जारी गरेको छ ।
बुधबार प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, न्यायधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, डा मनोजकुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासले उत्प्रेषण आदेश जारी गरेको हो ।
सापकोटा विरुद्ध काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पतिको हत्या आरोपमा २०६९ मंसिर ७ गते सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेकी थिइन् । यसअघि उनले प्रहरीमा किटानी जाहेरी दिँदा प्रहरीले तामेलीमा रोखेपछि उनी सर्वाेच्च गएकी थिइन् ।
सर्वाेच्चले बुधबार उत्प्रेषण आदेश जारी गरेपछि प्रहरीले सापकोटामाथि फेरि अनुसन्धान गर्नूपर्ने छ ।
प्रतिक्रिया