१० महिनामा जीवन बिमा कम्पनीले कमाए झन्डै डेढ खर्ब, सर्वाधिक कमाउने नेपाल लाइफ


काठमाडौँ । जीवन बिमा कम्पनीहरूले वैशाख महिनासम्ममा १ खर्ब ३९ अर्ब ३६ करोडभन्दा बढी कुल बिमा शुल्क संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा यी कम्पनीहरूले १ करोड ३७ लाख २८ हजार ३४२ वटा बिमा पोलिसी बिक्री गरी १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख ५३ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

यस्तै, ३ वटा लघु जीवन बिमा कम्पनीले ९८ करोड २६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

उक्त अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३६ अर्ब ५९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै, नेसनल लाइफले १७ अर्ब २० करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । एलआइसी नेपालले १५ अर्ब ५७ करोड रुपैयाँ बिमा शुल्क संकलन गर्दा हिमालयन लाइफले १३ अर्ब ७९ करोड रुपैयाँ संकलन गरेको छ ।

यता, राष्ट्रिय जीवन बिमा कम्पनीले ८ अर्ब ६७ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ भने सूर्यज्योति लाइफले ८ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेको छ ।

यसैगरी, एसियन लाइफले ७ अर्ब १४ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ६८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ५ अर्ब ३३ करोड रुपैयाँ, मेट लाइफले ४ अर्ब ९८ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् ।

यस्तै, आइएमई लाइफले ४ अर्ब १९ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ भने रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड रुपैयाँ संकलन गरेको छ ।

यसैगरी, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १० करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ सबैभन्दा कम सन नेपाल लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

निर्जीवन बिमाको बिमा शुल्क ३५ अर्ब ८६ करोड

निर्जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको वैशाखसम्म ३५ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार साउनदेखि वैशाखसम्म १४ वटा निर्जीवन बिमा कम्पनी र ४ वटा निर्जीवन लघु बिमा कम्पनीहरूले २६ लाख ६६ हजार ८८७ वटा बिमालेख बिक्री गरेर ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका हुन् ।

१० महिनाको अवधिमा शिखर इन्स्योरेन्सले ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ प्रिमियरले ३ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

यसैगरी चालु आर्थिक वर्षको वैशाखसम्म हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३ अर्ब ८ करोड १८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गर्दा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब २ करोड ३७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।

यस्तै, नेको इन्स्योरेन्सले २ अर्ब ७० करोड २३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४२ करोड ४३ लाख रुपैयाँ कमाउँदा ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब २५ करोड ६८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको वैशाखसम्म युनाइटेड अजोडले २ अर्ब ९ करोड २६ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

उता, समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सले १ अर्ब ४३ करोड ४५ लाख रुपैयाँ, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब १६ करोड ३७ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ९२ करोड ९९ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

मोटर बिमाबाट सर्वाधिक कमाइ

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा निर्जीवन बिमा कम्पनीले सबैभन्दा धेरै व्यापार मोटर बिमाबाट कमाएका छन् । मोटर बिमामार्फत् कम्पनीहरूले १० अर्ब ७७ करोड ८७ लाख रुपैयाँ बिमा शुल्क आर्जन भएको छ ।

यस्तै, मोटर बिमापछि सबैभन्दा धेरै सम्पत्ति बिमाबाट कमाएका छन् । सम्पत्ति बिमाबाट ९ अर्ब ३ करोड ६९ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।

यस्तै, इन्जिनियरिङ तथा ठेक्का बिमाबाट कम्पनीहरूले ६ अर्ब ६ करोड ३४ लाख रुपैयाँ आर्जन भएको छ भने विविध बिमाबाट ३ अर्ब ८५ करोड ९ लाख रुपैयाँ, सामुद्रिक बिमाबाट २ अर्ब १० करोड २४ लाख रुपैयाँ, हवाई बिमाबाट १ अर्ब ९० करोड ११ लाख रुपैयाँ बिमा शुल्क संकलन हुँदा पशुपन्छी तथा कृषि बिमातर्फ १ अर्ब ३५ करोड २ लाख रुपैयाँ र लघु बिमाबाट ७८ करोड १० लाख रुपैयाँ बिमा शुल्क आर्जन भएको छ ।

प्रकाशित मिति: २२ जेठ २०८२, बिहीबार  ०६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।