काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ४ हजार ८१५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
बैंकका संस्थापक शेयरधनीहरु म्याक्स भिजन लिमिटेडको नाममा रहेको ३ हजार २७९ कित्ता र अमृता सरावगीको नाममा रहेको १ लाख १ हजार ५३६ कित्ता शेयर बिक्रीमा राखेको हो ।
यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न चाहने शेयरधनीहरुले ३५ दिनभित्र बैंकका मुख्य कार्यालय डिल्लीबजारमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र शेयर बिक्री नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रतिक्रिया