कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौँ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न इच्छुक भई बिक्रीका लागि निवेदन आएको हुँदा बिक्रीमा राखिएको हो ।

यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न चाहने शेयरधनीहरुले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, नागपोखरीमा निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र शेयर बिक्री नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति: २५ जेठ २०८२, आइतबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।