काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको १ करोड १५ लाख कित्ता सेयर कारोबारमा आउने भएको छ ।
संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड भएको सेयरको ‘लक इन’ अवधि असार २९ गते सकिने भएको हो । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको उक्त सेयर कारोबारमा आउने भएको हो ।
यस कम्पनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता संस्थापक सेयर, १३ लाख ५० हजार कित्ता स्थानीयको सेयर र ३९ हजार १५० कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।
कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँड गरेको मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । संस्थापक सेयरधनीमध्ये सञ्चालक समितिमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने सेयर बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया