३९.३ प्रतिशतले बढ्यो सेयर धितो कर्जा, कर्जा सीमाको वृद्धिदर १५.३ प्रतिशत


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जा ३९.३ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैशाख मसान्तसम्म १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ सेयर धितो कर्जा गएको छ ।

१० महिनामा १ करोडमाथिको सेयर कर्जा मात्रै ५३.३ प्रतिशत बढेको छ । वैशाख मसान्तसम्म १ करोडमाथिको सेयर कर्जा ८५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै ५० लाख देखि १ करोडसम्मको कर्जा १० महिनामा २१.१ प्रतिशत बढेको छ । वैशाख मसान्तसम्म यो सीमाको सेयर कर्जा १५ अर्ब ५ करोड रुपैयाँ छ । त्यस्तै २५ देखि ५० लाखसम्मको कर्जा १६ अर्ब ६२ करोड छ । १० महिनामा यो कर्जा सीमाको वृद्धिदर १५.३ प्रतिशत हो ।

२५ लाखमुनिको साना कर्जा भने १० महिनामा १०.८ प्रतिशत मात्रै बढेको छ । वैशाख मसान्तसम्म यस्तो सीमाको कर्जा ८ अर्ब १० करोड छ ।

प्रकाशित मिति: २८ जेठ २०८२, बुधबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।