काठमाडौँ । पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिने भएको छ । हबिबले हिमालयन बैंकमा रहेको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर एकमुस्ट बेचेर बाहिरिन लागेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति पाएसँगै पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको संस्थापक सेयर बेच्ने भएको हो ।
हबिबले संस्थापक सेयरको मूल्य प्रतिकित्ता ११२।८० रुपैयाँ तोकेको छ । प्रस्तावित मूल्यलाई आधार मान्दा एक कम्पनीको एकमुस्ट सेयरको रकम तीन अर्ब १३ करोड ७३ लाख रुपैयाँ हुन आउँछ ।
शेयरखरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको हेरिटेज प्लाजा, कमलादी, काठमाडौँ स्थित कानून विभागमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र शेयर बिक्री नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्रीको लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर ०७६ सालमा नै बेच्ने प्रयास गरेको थियो । बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (सीडीसी)ले सेयर खरिद गर्ने पक्का भएको थियो ।
तर, संस्थापक सेयर किन्न विद्यमान संस्थापक सेयरधनीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने नीतिगत व्यवस्थाका कारण बाहिरी पक्षलाई बिक्री गर्न नपाएकोले हबिब राष्ट्र बैंकबको स्वीकृति पर्खिरहेको थियो ।हिमालयनमा हबिबको १२।९३ प्रतिशत संस्थापक सेयर छ ।
प्रतिक्रिया