काठमाडौँ । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ। जसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
यसरी बाँडफाँट गर्दा बाँकी रहेको ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।
कम्पनीको आइपिओमा कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका थिए ।
कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ निष्काशन गरेको थियो ।
प्रतिक्रिया