पोखरामा ‘यामाहा ब्लू फेस्ट २०८२’ भव्य रूपमा सुरु


काठमाडौँ । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लू फेस्ट २०८२’ आइतबार पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि) भव्य समारोहसहित सुरु गरिएको छ । असार १ देखि ६ गतेसम्म सञ्चालन हुने यो महोत्सवमा जुनसुकै ब्रान्डका बाइक सहजै एक्सचेन्ज गर्न पाइनेछ ।

यामाहा नेपालद्वारा आयोजित कार्यक्रममा ग्राहकहरूले जुनसुकै ब्रान्डका बाइक ल्याएर नयाँ यामाहा बाइक वा स्कुटरमा साट्न सक्नेछन् । यामाहा बाइकमा न्यूनतम ५० हजार रुपैयाँ र अन्य ब्रान्डमा २५ हजार रुपैयाँ (कर चुक्ता अनिवार्य) मूल्याङ्कन गरिनेछ । एक्सचेन्जमा १० हजार रुपैयाँ अतिरिक्त बोनस, ६ हजार रुपैयाँसम्म नगद छुट, निःशुल्क एक्सेसरिज, शुल्कमुक्त सडक कर तथा गारण्टरबिनाको फाइनान्स सुविधा उपलब्ध गराइएको छ ।

कार्यक्रममा ग्राहकलाई यामाहाका चर्चित मोडलहरू रेजेडआर १२५ एफआइ हाइब्रिड, आर१५ भी ४, एमटी–१५ भी २, एफजेड भी ३, एरोक्स १५५, डब्ल्यूआर १५५ आर लगायतका बाइक तथा स्कुटर प्रदर्शनी र परीक्षणको व्यवस्था गरिएको छ । यामाहाका सबै सवारीसाधनहरूमा प्रयोग गरिएको जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिङ अनुभव दिने कम्पनीको दाबी छ ।

यामाहा नेपालका अनुसार, ब्लू फेस्ट केवल बाइक बिक्री वा एक्सचेन्ज कार्यक्रम मात्र नभई सवारी संस्कृतिको उत्सव हो । जहाँ प्रविधि, मनोरञ्जन र ग्राहक समुदायबीचको सम्बन्धलाई केन्द्रमा राखिएको छ ।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपालले महोत्सवमार्फत ग्राहक सन्तुष्टि, विश्वसनीय सेवा र प्रविधिमैत्री भविष्यको अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

प्रकाशित मिति: २ असार २०८२, सोमबार  १० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।