महुली लघुवित्तले घोषणा गर्यो लाभांश

महुली लघुवित्तले घोषणा गर्यो लाभांश

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुनेछ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार १० : ३२ बजे