काठमाडौँ । हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। बैंकले व्यवसाय सञ्चालनको सुरुवातदेखि हालसम्मकै उच्चतम एक्वायरर्स रेकर्ड कायम गर्न सफल भएको भन्दै दुई विधामा सम्मान प्राप्त गरेको हो।
बैंकले ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस एक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस–प्रिन्सिपल क्लाइन्ट’ विधामा अवार्ड जितेको जनाएको छ। यी सम्मान बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिको कदरस्वरूप प्रदान गरिएको हो।
भिसाबाट प्राप्त सम्मानले डिजिटल भुक्तानी र कार्ड कारोबारका क्षेत्रमा बैंकले गरेको प्रयासलाई थप प्रोत्साहन मिलेको बैंकले जनाएको छ। साथै, आगामी दिनमा ग्राहकलाई अझ गुणस्तरीय तथा उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न यसले थप ऊर्जा र हौसला प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।
हाल हिमालयन बैंकले देशभर रहेका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ एटीएम, ९ हजारभन्दा बढी पीओएस टर्मिनल तथा ८ हजार ५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
