पोखरा । मंसिर १२ गते नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका सीइओ क्लब मा छनोट हुन सफल अभिकर्ताहरूको सम्मानमा आयोजना गरेको प्रदेशस्तरीय सीइओ क्लब सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। २०८३ मंसिर १२ गते पोखरास्थित होटल पोखरा ग्राण्डमा आयोजित उक्त कार्यक्रममा गण्डकी प्रदेशका करिब १५० जना अभिकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कम्पनीका उपकार्यकारी प्रमुख स्मृतीराज कँडेल, प्रमुख प्रबन्धक सुस्मिता राणा, गण्डकी प्रदेश प्रमुख, प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयका शाखा प्रमुखहरू तथा उत्कृष्ट अभिकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुशील प्रताप राणाले गरेका थिए।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कम्पनीका उपकार्यकारी प्रमुख स्मृतीराज कँडेलले अभिकर्ताहरूको मेहनत, लगनशीलता र निरन्तर योगदानको प्रशंसा गर्दै सीइओ क्लब मा छनोट हुनु उनीहरूको व्यावसायिक उत्कृष्टता र समर्पणको महत्वपूर्ण उपलब्धि भएको बताए ।
कार्यक्रममा सीइओ क्लब मा छनोट हुन सफल सम्पूर्ण अभिकर्ताहरूलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्युले सदस्यता वितरण तथा सम्मान गर्नु भएको थियो। त्यसैगरी, नेशनल रत्न तथा नेशनल स्टार विधामा छनोट हुन सफल अभिकर्ताहरूलाई सम्मानपत्र र चाँदीको मेडल प्रदान गरी विशेष सम्मान गरिएको थियो।
