३ संस्थाको हकप्रद बिक्रीमा

0
Shares

काठमाडौं । उन्नति माइक्रोफाइनान्सको हकप्रदका लागि यतिबेला आवेदन दिने क्रम जारी छ । उन्नतिको फागुन १३ गतेदेखि आवेदन खुला भएको थियो भने आगामी १७ चैतसम्म हकप्रदका लागि आवेदन दिन सकिनेछ ।

यस संस्थाको दोस्रो बजारमा मंगलबार १ हजार २ सय ६९ रुपैयाँमा कारोबार भइरहेको छ । उन्नतिका सेयरधनीहरुले हकप्रदका लागि आवेदन दिएर एक सय रुपैयाँमै सेयर पाउनेछन् । संस्थाले ५ बराबर एकको अनुपातमा हकप्रद निश्कासन गर्न लागेको हो ।

यसको धितोपत्र बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । पछिल्लो समय हकप्रद सेयरमा पर्याप्त आवेदन नपरेका कारण संस्थाले बाध्य भएर लिलामीमा बिक्री गर्नु परेको अवस्था छ ।

यस्तै अन्य दुई संस्थाहरुको पनि हकप्रद सेयर निस्काशन भइरहेको छ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रदका लागि यतिबेला आवेदन दिन सकिनेछ ।

मेरो माइक्रोफाइनान्सको हकप्रदका लागि चैत २४ गतेसम्म र नेपाल इन्स्योरेन्सका लागि चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

दुई संस्था मध्ये मेरो माइक्रोफाइनान्सको दोस्रो बजारमा ५ सय ८७ रुपैयाँ प्रतिकित्तामा कारोबार भइरहेको छ भने नेपाल इन्स्योरेन्सको प्रतिकित्ता ३ सय ७६ रुपैयाँमा कारोबार भइरहेको छ ।