काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा सुधार आएको छ । बुधबार नेप्से ८.६६ अंकले बढेर २६४७.६१ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३५६ कम्पनीका १ करोड ६५ लाख २३ हजार ९७४ कित्ता सेयरहरू ५२ हजार ६६९ पटक किनबेच हुँदा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्से १५.३९ अंकले बढेर २६३८.९५ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार उत्पादन तथा प्रशोधन समूह ३८.२९ अंकले घटेको बजारमा लघुवित्त समूह ४.१६ अंकले र होटल तथा पर्यटन समूह ३.३९ अंकले घट्दा अरु सबै उपसुचकमा सुधार आएको छ ।
मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १०.९८ प्रतिशतले बढेको बजारमा हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ८.६२ प्रतिशत, कालिका लघुवित्तको सेयर मूल्य ५.९६ प्रतिशत, मानुसी लघुवित्तको सेयर मूल्य ५.५७ प्रतिशतले घटेको छ ।
यता, उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ३.३० प्रतिशतले घट्दा लक्ष्मी भ्यालु फण्ड–२ को इकाई मूल्य २.९८ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य २.९४ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँको कारोबार सहित हिमालयन ऊर्जा विकास कम्पनी शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्या र कारोबार संख्याको आधारमा पनि सोहि कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीका १२ लाख ९ हजार ३७३ कित्ता सेयरहरू २ हजार ५११ पटक किनबेच भएका छन् ।
