ठूला दरका भारतीय रुपैंया नेपाल ल्याउन पाउने तर भारत लैजान नपाउने

0
Shares

 

काठमाडौं । भारतले नेपालमा ठूला दरका भारतीय रुपैंया ल्याउन पाउने तर लैजान नपाउनेगरी व्यवस्था गरेको छ । भारतीय रिजर्भ बैंकले विदेशी विनिमय प्रवद्र्धन विनियामली संशोधन गर्दै २०० र ५०० दरका भारतीय रुपैंया २५ हजारसम्मको सीमासम्म बोकेर आउन पाउने व्यवस्था गरेको हो । विनियामलीको नियम ८ (१) लाई संशोधन गर्दै यसअघि प्रतिबन्ध लगाइएका उक्त दरका नोटहरु ल्याउन पाउने व्यवस्था गरेको हो यद्यपि २००० रुपैंया दरका नोटहरु भने ल्याउन पाइने छैन ।

आरबीआईले ठूला दरका नोट ल्याउन पाउने व्यवस्था गरे पनि सोही विनियमावलीको दफा २ मा भएको नोट फिर्ता लैजाने व्यवस्था भने संशोधन गरेको छैन, जसका कारण नेपालमा ठूला दरका नोट बोकेर आएका व्यक्तिहरुले खर्च नगरेको पैसा फिर्ता लैजान वा भारतीय नोट स्वीकार गरेका नेपाली नागरिकले नेपाली रुपैंयामा विनिमय गर्न समस्या हुने देखिएको छ । यसबारे भारतीय रिजर्भ बैंकले कुनै स्पष्ठ व्याख्या गरेको छैन ।

नेपाल राष्ट्र बैंक भारत सरकारसँग नोटबन्दीताका नेपाल राष्ट बैंकसँग भएको भारतीय रुपैंया सटही गर्ने प्रयासमा छ तर भारतले त्यसको सटही दिन मानिरहेको छैन । राष्ट बैंकसँग मात्रै त्यो रकम ८६ करोड रहेको बताइएको छ भने नेपालमा करिब ३ अर्ब बराबरका त्यस्ता नोटहरु रहेको बताइन्छ ।