कर्जाको ४ गुणा धेरै निक्षेप संकलन

0
Shares

 

नोटबजार
काठमाडौं, २९ चैत

कर्जा प्रबाहमा निन्त्रण गरेका बैंकहरुले पछिल्लो सातामा ऋण प्रबाह भन्दा ४ गुणा धेरै निक्षेप संकलन गरेका छन । कर्जाको माग उच्च भएपनि बैंकहरुले नियन्त्रण गरेपछि निक्षेप वढी देखिएको हो ।

अधिकासं बाणिज्य बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात ८० को हाराहामरीमा छन । बैंकहरुले पुरानो सम्झौता गरेका कर्जा बाहेक नयाँ कर्जा प्रबाहमा ।रोक लगाएपछि निक्षेप उच्च दरमा वढेको देखिएको छ । चैत महिनाको पछिल्लो सातामा बैंकहरु २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन् । 

चालु आर्थिक वर्षको सुरुवातीमा बैंकहरुले आक्राम रुपमा कर्जा प्रबाह गरेपछि दोस्रो त्रैमासपछि स्रोतको अभाव हुन थाल्यो । निक्षेपको अभाव भएपनि बैंकहरुले नयाँ निक्षेप नभएसम्म कर्जा प्रबाह गर्न नसक्ने अवस्था रह्यो । गत आर्थिक वर्षको अन्तिम महिनामा अर्थत असारमा मात्र १०१ अर्ब निक्षेप थपिएको थियो । तर, सो अवधिमा बैंकहरुले ४८ अर्ब मात्र कर्जा प्रबाह गरेका थिए । सरकारी खर्चभएको कारण सो अवधिमा बैंकमा निक्षेप वढेको थियो । गत असारमा सरकारी खर्चले मात्र नभै बैंकहरुले क्रत्रिम निक्षेप पनि सृजना गरेको हुनाले निक्षेप वढेको हो ।

चालु आर्थिक वर्षमा सरकारी खर्च खपेक्ष अनुसार नभएपनि दोस्रो त्रैमासदेखि बैंकहरुलाइ निक्षेपको अभाव वढ्न थाल्यो । बैंकहरुको अनुरोध अनुरुपमा सरकारले खर्च नगरेपनि स्थानीय सरकारलाइ विनियोजन गरेको रकम बैंक खातामा पठाउने निर्णय भएपनि त्यसले दिर्घककालीन समाधान ल्याएन । अहिलेको सरकारी धुकुटीमा १३० अर्ब जम्मा भएर रहेको छ । सरकारी धुकुटीमा पैसा थन्कीएर बसेको हुनाले अहिले बैंकहरुसंग कर्जा लगानी गर्न योग्य रकमको रुपमा करिब ३० अर्ब रुपैयाँ मात्र रहेको बैंकर बताउछन ।
उच्च दरमा वढेको ब्याजदर नियन्त्रणका लागि बैंकहरुले भद्र सहमती गरेर निश्चित सिमा तोकेका छन । तर, बैंकहरुले निक्षेप तान्नका लागि अन्य माध्यवाट निक्षेपकर्तालाइ प्रतिफल दिने गरी निक्षेप योजनाहरु सञ्चालन गर्न थालेका छन । चालु आर्थिक वर्षको चैत १५ देखि २४ गतेसम्ममा बैंकहरुले २१ अर्ब निक्षेप संलन गरेर ५ अर्ब रुपैयाँ मात्र कर्जा प्रबाह गरेका छन । चैतको २४ गतेसम्ममा बैंकहरुमा कुल २७०७ अर्ब निक्षेप रहेको छ । सो अवधिमा बैंकहरुले २४१३ अर्ब कर्जा प्रबाह गरेका छन ।