प्रत्येक नेपालीको टाउकोमा ३१ हजार ऋण, सरकारको ९ खर्ब १५ अर्ब

0
Shares

नोटबजार 
काठमाडौं, १ बैशाख।

प्रत्येक नेपालीको टाउको ३१ हजार ७ सय ५० रुपैँया ऋण पुगेको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार एक वर्षको अवधिमा प्रत्येक नेपालीको टाउकोमा ७ हजार ४३ रुपैँया ऋण थपिएको छ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औं वार्षिक प्रतिवेदनका अनुसार २०७४ सालमा २४ हजार ७ सय ७ रुपैँया प्रतिव्यक्ति ऋण २०७५ सालमा बढेर ३१ हजार ७ सय पुगेको हो ।

महालेखाका अनुसार ७४/७५ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ९ खर्ब १५ अर्ब ३१ करोड रहेको छ ।

जसमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ ऋर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड रहेको छ । ऋण दायित्व गतबर्षको तुलनामा ३१।१९ प्रतिशत अर्थात २ खर्ब १७ अर्ब ६२ करोडले वृद्धि भएको हो।