छिमेक लघुवित्तको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

छिमेक लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूजीको २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरि कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव १७ औ वार्षिक साधारण सभामा लग्दै छ ।
लघुवित्तले बैशाख ३० गते सोमबार बिहानको १०ः३० बजे हेटौडा स्थित होटल सामताको सभाहलमा साधारण सभा बोलाएको छ।
साधारण सभाका लागि लघुवित्त कम्पनीले बैशाख १६ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ । यसअनुसार बैशाख १५ गते आइतबारसम्म कायम रहने शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् ।
हाल चुक्ता पूँजी एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बोनस शेयर वितरण पश्चात एक अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
यस्तै सभाले लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरुको बैठक भत्ता वृद्धि लगायत समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्नेछ।