प्रोफिट बुकिङ्गले शेयर बजारमा ४.२१ अंकको करेक्शन, अर्ब बढीको कारोबार

0
Shares

शेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेपश्चात शेयरलगानीकर्ता प्रोफिट बुकिङ्गमा लागेका छन्। जसले सोमबार शेयर बजारमा ४.२१ अंकको करेक्सशन देखिएको छ । सोमबार बजार परिसूचक नेप्से १३१०.३१ अंकमा झरेको छ। यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिेटिभ इण्डेक्स पनि १.०१ अंकले घटेर २८१.८४ अंकमा बन्द भएको छ।

बजारमा करेक्शन देखिएपनि एक अर्ब १९ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार हुनुले लगानीकर्ताको सक्रियतामा भने कमी आएको देखिन्न । सोमबार १७४ कम्पनीका ३० लाख १६ हजार कित्ता शेयरहरु किनबेच भए। आइतबारको तुलनामा सोमबार शेयर कारोबार रकम भने झण्डै ३८ करोडले घटेको हो।

यस्तै कारोबारमा आएका उपसमूहमध्ये वाणिज्य बैंकमा ७.८ अंकको गिरावट आएको छ । विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र लघुवित्तको इन्डेक्स्मा गिरावट आउँदा बजारलाई करेक्शन गराउन महत्वपूर्ण भूमिका खेलेको हो।

जीवन बीमा समुहमा १३० अंकको सुधार आएको बजारमा व्यापार ५.४९, होटल ७.३९, उत्पादन ९.७३ तथा अन्य समूहका सूचक ३.३२ अंकले बढेको छ। नेपाल लाइफको लाभांशको बुकक्लोज मिति नजिकिएसँगै सबैभन्दा धेरै १४ करोड ६९ लाखको शेयर कारोबार भएको छ। नेपाल लाइफले बैशाख १९ गते बुकक्लोज गर्दैछ। नेपाल बैंक ११ करोड २९ लाख, प्रभु बैंक ३ करोड ८७ लाख, नेको इन्स्योरेन्स ३ करोड ३२ लाख, एनआईसी एशिया बैंक ३ करोड ९ लाख, नेशनल लाइफ ३ करोड ८ लाख, एनएमबी बैंक २ करोड ९६ लाख, प्राइम लाइफ २ करोड ८२ लाख, सानिमा बैंक २ करोड ४२ लाख र सिद्धार्थ बैंकको २ करोड ३९ लाखको शेयर कारोबार गर्दै शिर्ष १० कम्पनीमा समेटिएका छन् ।

ऋणात्मक बनेको बजारमा पनि ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने राधी विद्युत कम्पनीको शेयर मूल्यमा ७.५१ प्रतिशतको गिरावट आएको छ ।