महुली सामुदायिक लघुवित्तको नाफा दुई करोड ८७ लाख

0
Shares

महुली सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष लघुवित्तले दुई करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तको खुद नाफा १९ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी १० करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १८ करोड ९ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्ममा ८३ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ८९ करोड ७८ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण गरेर एक अर्ब ९३ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ५३ पैसा, प्रतिशेयर नेटवर्थ २७७ रुपैयाँ ३६ पैसा, निष्कृय कर्जा अनुपात १.६९ प्रतिशत,ंर मूल्य आम्दानी अनुपात ४३.७० गुणा छ ।