सहारा विकास बैंकको नाफा सुधारउन्मुख

0
Shares

सहारा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा ५०.२८ प्रतिशतले बढाएको हो।

गत वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा एक करोड ३७ लाख थियो। देवः विकास बैंकमा विलय हुने प्रकृयामा रहेको बैंकको चुक्ता पूँजी १६ करोड ३३ लाख रुपैयाँ र जगेडा कोषमा ५ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।

यस अवधिसम्ममा बैंकले ६२ करोड २२ लाख रुपैयाँ निक्षेप संकलन गरि ६४ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६६ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ९१ पैसा, निष्कृय कर्जा अनुपात ०.१९ प्रतिशत र मूल्यआम्दानी अनुपात ३६.३३ गुणा छ।