कुमारी बैंकले प्रस्तुत गर्यो शेयरधनीलाई आश जगाउने प्रगति विवरण, ९ महिनाको नाफा अर्ब माथि

0
Shares

कुमारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा समग्र सूचकहरुमा सुधार सहितको वित्तीय विवरण प्रस्तुत गरेको छ । बैकले गत बर्षको यसै अवधिको तुलनामा ३६ प्रतिशतले खुद नाफा बढाएर अर्बपति क्लबमा छिरेको छ ।

बैंकले नौ महिनाको अवधिमा एक अर्ब ३२ लाख खुद नाफा कमाएको छ । गत बर्ष यसै अवधिमा बैंकले ७३ करोड ६३ लाख कमाएको थियो ।

बैंकको वितरण योग्य नाफा भने ६१ करोड ६० लाख छ । सात अर्ब १६ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी बढेर १८ रुपैयाँ ६७ पैसा पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा रहेको थियो ।

बैंकको हाल रहेको पूँजीमा पछिल्लो दुई आर्थिक वर्षमा वितरण गर्न प्रस्ताव गरिएको २१ प्रतिशत बोनस पूँजीकरण भएको छैन । बैंकले बाँडेको बोनस पूँजीकृत हुँदा प्रतिशेयर आम्दानीमा कमी अउने छ । बैंकको जगेडाकोषमा चार अर्ब ३५ करोड सञ्चित छ ।

समीक्षा अवधिमा बैंकले १५ प्रतिशतले निक्षेप बढाउँदा कर्जा १४ प्रतिशले बढाएको छ । बैंकले ६९ अर्ब निक्षेप पुर्र्याएको बैंकले कर्जा पनि त्यत्तिनै विस्तार गरेको छ । बैंकले यसवअधिमा संचालन तथा ब्याज आम्दानीमा उल्लेखीय प्रगति गरेको छ ।

करिब ४० प्रतिशतले संचालन नाफा बढ्दा बैकको खुद ब्याज आम्दानी ६० प्रतिशतले बढेको छ । चालू आवको ९ महिना अवधिमा बैंकले २ अर्ब २३ करोड खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैकको खराब कर्जा १.४१ प्रतिशत छ । बैंकको पूँजी कोष अनुपात १२ं७३ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८.५९ प्रतिशत छ । बैंकको आधार ब्याजदर ११.०२ प्रतिशत छ भने कोषको लागत ८.०२ प्रतिशत, मूल्य आम्दानी अनुपात १३.८७ प्रतिशत छ ।