रसुवागढी हाइड्रोपावरको आईपिओ बाँडफाँड, भाग्यमानी २३ हजार ६९३ जनाले पाए ५० कित्ता

0
Shares

रसुवागढी हाइड्रोपावरको साधारण शेयर बाँडफाँड भएको छ। उर्जा मन्त्रालयको सभाहल, सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उक्त कम्पनीको आईपिओ बाँडफाँड गरिएको हो।

रसुवागढीको आईपिओमा आवेदन गरेका भाग्यमानी २३ हजार ६९३ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरि कूल ५० कित्ता शेयर हात पारेका छन्। ४० कित्तासम्म माग गर्ने आवेदकहरुले माग अनुसार नै शेयर पाएका छन् । 

 

कम्पनीको आईपिओ १० देखि ४० कित्तासम्म शेयर माग गर्नेलाई माग अनुसारको नै शेयर बाँडफाँड गरिएको छ । यस्तै ४० कित्ताभन्दा बढी शेयर माग गर्ने आवेदकलाई पनि ४० कित्ताका दरले समानुपाति रुपमा शेयर बाँडफाँड गरि बाँकी रहेको २ लाख ३६ हजार ९३० कित्ता शेयर गोलाप्रथाबाट २३ हजार ६९३ जनालाई थप १० कित्ता गरि कूल ५० कित्ता बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार रसुवागढी हाइड्रोपावर कम्पनीको आईपिओमा कूल एक करोड ७१ लाख ७ हजार ८४० कित्ताको माग भएको थियो। कम्पनीको आईपिओमा ३ लाख २ हजार ३४३ आवेदनबाट १.८३ गुणा बढी शेयर माग भएको होे।

बिक्री प्रबन्धकका अनुसार आईपिओमा आवेदन परेको ११ हजार ७१ वटा आवेदनबाट परेको ९ लाख ८७ हजार ३७० कित्ता शेयरको माग विविध कारणले रद्ध भएको छ भने पाँच हजार ३७० वटा ५ लाख ६० हजार ७६० कित्ता रिजेक्टेड भएको छ । दुई लाख ९१ हजार २७२ वटा आवेदनबाट एक करोड ६१ लाख २० हजार ४७० कित्ताको माग सदर भएको छ।

कम्पनीले सर्वसाधारणमा बैशाख ६ देखि १२ गतेसम्म ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कूल एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गरेकामा ४ लाख १० हजार ५२६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुका लागि र ५ लाख १३ हजार १५७ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ।