रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीले निष्काशन गरेका साधारण शेयर उर्जा मन्त्रालयको सभाहल, सिंहदरबारमा बाँडफाँड भएको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितीमा दुबै आयोजनाको शेयर बाँडफाँड गरिएको हो।
रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम ५० र साञ्जेनमा आवेदन गरेका आवेदकले अधिकतम २० कित्ता शेयर हात पारेका छन्।
दुई कम्पनीको आईपिओ नतिजा एक क्लिकमै
नतिजा हेर्नका लागि नोटबजार डटकमको होमपेजमा रहेको आईपिओ रिजल्टमा जानुहोस् सो पश्चात आफ्नो १६ अंकको हितग्राही खाता नम्बर राखेर सर्च वटनमा गएर खोजी गरि तपाईलाई कति कित्ता आईपिओ पर्यो हेर्न सक्नुहुनेछ।
हाम्रो पोर्टलमा तपाईले कम्पनीका पिच्छे नाम छनौट गरि डिम्याट खाता नम्बर राख्नुपर्ने गर्नुपर्ने बाध्यता छैन । केबल एक पटक डिम्याट नम्बर राखेर तपाईले रसुवागढी हाईड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीको कति कित्ता आईपिओ पर्यो हेर्न सक्नुहुन्छ ।
यसरी खोजी पश्चात तपाईंले आफ्नो डिम्याट नम्बर, नाम, आवेदन गरिएको शेयर कित्ता, तपाईलाई शेयर परेको सम्बन्धित कम्पनी र आईपिओ नतिजा कम्पनीको विवरण देख्नुहुनेछ ।
हरेक पल्ट नयाँ नतिजा प्रकाशन हुँदा तपाईले यसअघि नतिजा प्रकाशन भैसकेको कम्पनीको शेयर पनि आफूलाई कति परेको थियो हेर्न सक्नुहुन्छ ।
प्रतिक्रिया