युनियन हाइड्रोको शेयर बाँडफाँड, आवेदन गर्ने सबैले मागेजति पाए

0
Shares

यूनियन हाइड्रो पावर कम्पनीको शेयर बाँडफाँड भएको छ । आवेदन गर्ने सबैलाई मागअनुसार शेयर बाँडफाँट गरिएको लक्ष्मी क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सिआश्वा प्रणालीबाट ४७ हजार १८५ जनाले आवेदन दिएका थिए । त्यसमा ४५ हजार ४६२ जनाको आवेदन स्वीकृत भएको छ । कम्पनीले गत चैत १३ गतेदेखि साधारण शेयर बिक्री गरेको थियो ।

कम्पनीले ३४ लाख १० हजार ८१० कित्ता शेयर बाँडफाँड गरिएको हो । आवेदनकर्ता सबैलाई शेयर दिँदै कम्पनीले बिहीबार शेयर बाँडफाँड गरेको हो ।