नेरुडे लघुवित्तले निकाल्यो लगानीकर्ता उत्साहित बनाउने प्रगति विवरण

0
Shares

नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत वर्षको तुलनामा झण्डै ११४ प्रतिशत बढी हो ।

गत वर्षको यहि अवधिमा नेरुडेले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

३४ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तले जगेडा कोषमा ४५ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तले २ अर्ब १७ करोड रुपैयाँ सापटी र एक अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले यस अवधिसम्ममा २७ करोड ८७ लाख रुपैयाँ खुद व्याज आर्जन गरेको छ ।

लघुवित्तको खराब कर्जा १.६८ प्रतिशत, प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १४.८० गुणा बढी छ ।