नौ महिने अर्बपति क्लबमा लक्ष्मी बैंकको इन्ट्री , वितरण योग्य नाफा ७० करोड ५५ लाख

0
Shares

लक्ष्मी बैंक पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा एक अर्ब बढी कमाउने बैंकहरुमा समावेश भएको छ । बैंकले ९ महिनामा एक अर्ब २ करोड खुद नाफा गरेको छ ।

बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा करिब २० प्रतिशतले धरै हो । गत वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा ८६ करोड ११ लाख थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा ७० करोड ५५ लाख छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप १८ प्रतिशतले बढ्दा कर्जा १७ प्रतिशतले बढेको छ । जसको सिसिडि अनुपात ७८.१२ प्रतिशत छ ।

चालू आवको चैत मसान्तसम्म बैंकले ७७ अर्ब ४४ करोड निक्षेप संकलन गरी ७० अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। यस बाट बैंकले २ अर्ब १९ करोड खुद ब्याज आम्दानी गरेको छ भने संचालन मुनाफा ३४ प्रतिशतले बढाएको छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड छ भने जगेडाकोषमा ३ अर्ब १३ करोड छ । बैंकको नाफामा भएको सुधारले प्रतिशेयर आम्दानी बढेको छ । गत वर्षको चैतमा १३ रुपैयाँ ९७ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालू आवको यसै अवधिमा बढेर १५ रुपैयाँ ३९ पैसा कायम भएको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात १३.३ढ गुणा छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.१६ प्रतिशतबाट घटेर १.२ प्रतिशतमाा झरेको छ ।

बैंकको कोषको लागत र आधार ब्याजदर दुबै घटेको छ । बैंकको कोषको लागत ७.३२ प्रतिशत र आधार ब्याजदर १०.२६ प्रतिशतमा झरेको छ ।