बैंक अफ काठमाण्डूको वितरण योग्य नाफा ७३ करोड ३८ लाख, खराब कर्जाको भार बढ्यो

0
Shares

बैंक अफ काठमाण्डूले चालू आर्थिक वर्षको ९ महिना अवधिमा आफ्नो खुद नाफा गत आवको यसै अवधिको तुलनामा करिब ३० प्रतिशतले बढाएको छ।

बैंकले चैतसम्म एक अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ९३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ७३ करोड ३८ लाख छ ।

चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा बैंकले गत आवको यसै अवधिको तुलनामा निक्षेप संकलन ५.४९ र कर्जा लगानीको आकार ८.३२ प्रतिशतले बढोत्तरी गरको छ । यस अवधिमा बैंकले ८१ अर्ब १३ करोड निक्षेप संकलन गरेर ७१ अर्ब २६ करोड कर्जा लगानी गरेकोे छ ।

बैंकको चुक्ता पूँजी १४ प्रतिशतले बढेर आठ अर्ब ६ करोड पुगेको छ । जसको जगेडाकोषमा ४ अर्ब ८३ करोड रुपमा संचित छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा बढेसँगै गत आवको यसै अवधिको तुलनामा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवको चैत मसान्तमा बैंकको इपिएस १७ रुपैयाँ ५४ पैसा रहेकोमा १९ रुपैयाँ ९२ पैसा पुगेको हो । बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ९२ पैसा रहेको छ।

कर्जा लगानीमा भएको विस्तारले बैंकको खराब कर्जा अनुपात भने झनै बढेको छ । यसमा बैंक व्यवस्थापनले ध्यान दिनुपर्ने अवस्थामा देखिएको छ ।

गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा १.८२ प्रतिशत मात्र खराब कर्जा अनुपात बढेर २.१२ प्रतिशतमा पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.५१ प्रतिशत रहेको छ । त्यस्तै बैंकको आधार ब्याजदर १०.०७ प्रतिशत र कोषको लागत ७.३७ प्रतिशत छ