टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभेपछि मेगा बैंकको प्रगति नै प्रगति

0
Shares

मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लगानीकर्तालाई आश जगाउने वित्तिय विवरण प्रकाशित गरेको छ । बैंकका अधिकांस सूचकमा आर्कषक बढोत्तरी देखिएको छ ।

खराब कर्जा केही बढेपनि बैंकको संचालन मुनाफा, खुद ब्याज आम्दानी, निक्षेप तथा कर्जा, प्रतिशेयर आम्दानी तथा नेटवर्थमा सुधार भएको छ ।

टुरिजम् डेभलपमेन्ट बैंकलाई गाभेको मेगाको मर्जरपछि प्रगतिको लय समातेको छ । गत वर्षको यसै अवधिको तुलनामो चुक्ता पूँजीमा खासै परिवर्तन नहुँदा बैंकको प्रतिशेयर आम्दानीमा उच्च सुधार देखिएको छ ।

गत चैतमा ६ रुपैयाँ ८० पैसा रहेको मेगा बैंकको इपिएस १५ रुपैयाँ ५८ पैसा पुगेको हो । निक्षेप संकलन भन्दा कर्जा लगानी विस्तार बढी हुँदा ब्याज आम्दानीमा आएको उच्च सुधारले बैंकको इपिएस बढेको हो ।

मेगा बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब २१ करोड खुद नाफा आर्जन गरेको छ। गत आवको यसै त्रैमासमा तुलनामा झण्डै १३२ प्रतिशत बढी हो । बैंकको वितरण योग्य नाफा (फ्रि प्रोफिट) ७६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।
बैकको चुक्ता पूँजी १० अर्ब ३८ करोड छ । बैंकको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसा छ भने मूल्य आम्दानी अनुपात १०.८४ गुणा बढी छ । बैंकको जगेडा कोषमा २ अर्ब ७२ करोड छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १८ प्रतिशतले बढ्दा कर्जा लगानी २१ प्रतिशत भन्दा धेरेले बढाएको छ । बैंकले हालसम्म ७५ अर्ब निक्षेप उर्ठार ६७ अर्ब लगानी गरेको छ । यसअवधिमा २ अर्ब ७५ करोड खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्षको भन्दा १११ प्रतिशत बढी हो ।

यस त्रैमासमा बैंकको खराब कर्जा अनुपात भने बढेको छ। गत वर्षको तेस्रो त्रैमासिकमा ०.९८ प्रतिशत रहेको खराब कर्जा बढेर १.४२ प्रतिशतमा पुगेको छ। बैंकको आधार ब्याजदर १०.२ प्रतिशत, कोषको लागत ७.७३ प्रतिशतमा छ ।