हिमालयन बैंकले ९ महिनामै कमायो २ अर्ब खुद नाफा

0
Shares

हिमालयन बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब एक करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा १०.२५ प्रतिशतले धेरै हो।

गत आवको यसै अवधिमा बैंकले एक अर्ब ८२ करोड खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा एक अर्ब ३३ करोड छ ।
८ अर्ब ५२ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडाकोषमा ६ अर्ब ७४ करोड छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी डेढ रुपैयाँले सुधार भएको छ । गत आवको चैत मसान्तसम्ममा ३० रुपैयाँ २ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैया ५२ पैसा पुगेको छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ १७ पैसा छ भने मूल्य आम्दानी अनुपात १५.५४ गुणा बढी छ ।

बैंकको निक्षेप संकलनमा भन्दा कर्जा लगानीको वृद्धिद्धर बढी छ । यस अवधिमा बैंकले निक्षेप १० प्रतिशतले वृद्धि गर्दा कर्जा लगानी रकम १४ प्रतिशतले बढाएको हो ।

चैत सम्ममा एक खर्ब ८ अर्ब ५८ करोड निक्षेप संकलन गरेको बैंकले ९३ अर्ब ७७ करोड कर्जा परिचालन गरेको छ । यस अवधिमा बैंकले ३ अर्ब ५० करोड खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा १७ प्रतिशत धेरै हो ।

गत आर्थिक वर्षको तुलनामा बैंकको निष्कृय कर्जा अनुपात दश प्रतिशतले बढेकोे छ । गत वर्षको यसै अवधिमा बैंकमा निष्कृय कर्जा अनुपात १.१९ प्रतिशत रहेकोमा १.३१ प्रतिशत पुगेको छ । यस अवधिकमा बैंकको आधार ब्याजदर घटेको छ भने कोषको लागत बढेको छ ।