मेरो माइक्रोफाइनान्सको २ लाख कित्ता शेयर लिलामीमा आउने


मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयरमा जेठ ७ गतेदेखि लिलामीमा बिक्री खुला गर्ने भएको छ । संस्थाले यसअघि जारी गरेको शतप्रतिशत हकप्रदको बिक्री भएको सेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

स्थाको हकप्रद सेयर बैशाख १७ गते बाँडफाँड गरेपछि बाँकी रहेको सेयर लिलाम गर्न लागेको हो । बैशाख २६ गते बिहीबार माइक्रोफाइनान्सको शेयर मूल्य प्रतिकित्ता ६३५ रुपैयाँमा कारोबार भएको थियो ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लाबल आईएमई क्यापिटल जमल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, वाग्लुङ्ग, बुटबल मिलनचोक, घोराहि दाङ्ग, नेपालगञ्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगरबाट समेत बोलपत्र पेश गन सक्नेछन ।

बोलपत्र जेठ १४ गतेसम्म भर्न पाइनेछ । यसरी बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम कित्तासम्म न्यूनतम एक सय वा सो भन्दा बढी बढाबढ मूल्यमा बोलकलोब गरि पेश गर्नुपर्नेछ ।

माइक्रोफाइनान्सले फागुन १९ गतेदेखि चैत २४ गतेसम्म एक बराबर एक अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद बिक्री खुला गरेकोमा ३० लाख ७९ हजार ३५१ कित्ता शेयर मात्र बिक्री भएको थियो ।

हाल ३२ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर बिक्री पश्चात ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ११ करोड १८ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ३३ पैसा कायम गरेको छ।