छिमेक लघुवित्तको १७ औ वार्षिक साधारण सभाले पारित गर्यो ४० प्रतिशत लाभांश

0
Shares

छिमेक लघुवित्तको १७ औ वार्षिक साधारण सभाबाट ४० प्रतिशत लाभांश पारित भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरि ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

हाल चुक्ता पूँजी एक अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता बोनस शेयर वितरण पश्चात एक अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यस्तै साधारण सभाले लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालकहरुको बैठक भत्ता वृद्धि लगायतको विषयमा छलफल गरी पारित गरेको छ ।