एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौता सम्पन्न

0
Shares

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

 मर्जर सम्बन्धित समझदारीपत्रमा एनएमबीका प्रदीपराज पाण्डे र ओमबाट योगेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन्। बैंकको नाफा एनएमबि नै राख्ने सहमति भएको छ ।

एनएमबिसँग मर्जरमा जाने सम्झौता भएसँगै ओम डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीबाट जोगिएको छ ।

यसअघि प्राइम कमर्सियल बैंकसँग एक्विजिशन प्रकृयामा रहेको ओमलाई प्राइमसँग सम्झौता भाँडिएपश्चात एनएमबि बैंकले मर्जमा जाने सम्झौता गरेको हो।

गत भदौ ३ गते ओम र प्राइम बैंकबीच एक्विनिसन सम्झौत भएको थियो । तर, कर्मचारी समायोजन लगायतका विषयमा कुरा नमिलेपछि प्रक्रिया भाँडिएको थियो। प्राइम र ओमलाई राष्ट्र बैंकले डिमर्जको स्वीकृति दिइसकेको छ ।

प्राइमसँग सम्झौता भाँडिए पश्चात राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन अनुरुप ओमले सो सम्झौता गरेको हो।

अहिले ओमको शेयर रोक्का कारोबार छ। मर्जरको निर्णय गरेकाले अब एनएमबीको पनि शेयर कारोबार रोक्का हुने छ।