हायात होटलको ९ महिनाको व्यापार एक अर्ब चार करोड, नाफा ३५ करोड ६५ लाख

0
Shares

चालु आर्थिक बर्षको तेश्रो त्रैमासमा तारागाउँ रिजेन्सी होटल्सले ३५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत बषको यसै अवधिमा कम्पनीले २७ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले गत बर्षको तुलनामा २९.४८ प्रतिशतले खुद नाफा बढाएको हो ।

चालू आवको ९ महिना अवधिमा होटल्सले एक अर्ब चार करोड रुपैयाँ आम्दानी गरेको छ । जुन गत बर्षको तुलनामा कम्पनीले करिब १४ करोड रुपैयाँ धेरै हो ।

होटल्सको शेयर पूँजी एक अर्ब ८८ करोड ६६ लाख र जगेडा कोषमा ७७ करोड ७७ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको बार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ १९ पैसा छ भने प्रति सेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात ९.४४ गुणाले बढी रहेको देखिन्छ ।