जनसेवी लघुवित्तको आइपिओ १३ प्रतिशत आवदेकले पाए, नतिजा नोटबजारमा हेर्नुहोस्

0
Shares

जनसेवी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको आईपिओ सोबार बाँडफाँड भएको छ । जसमा रितपूर्वक आवेदन दिएका मध्ये गोलाप्रथा मार्फत करिब १३ प्रतिशत आवेदकले शेयर हात पारेका छन् ।
कुल ३ लाख ३४ हजार ८७४ जनाले आवेदन दिएकोमा ४३ हजार २९९ जना आवेदकले दश कित्ताका दरले शेयर पाएको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । ६७७ जनाको आवेदन भने रद्द भएको छ । उक्त आईपिओ आवेदन भर्ने ८७ प्रतिशत आवेदकले शेयर पाएनन् ।
जनसेवीले बैशाख २७ देखि ३१ गतेसम्म कुल ४ लाख ६३ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो
जनसेवी लघुवित्तले कालिका लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेको छ ।