वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार, शेयरबजार सुधारउन्मुख –अर्थमन्त्री खतिवडा

0
Shares

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ मा वित्तीय क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गरेका छन ।

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकमा उनले संसद्मा ‘आव २०७५/७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हुँदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी गरे ।

अर्थमन्त्री डा खतिवडाले मुलुकभर बैंक तथा वित्तीय संस्थाको कूल सङ्ख्या चार हजार ७०१ पुगेको जानकारी दिदैं आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म कूल वस्तु निर्यात १४ दशमलव छ प्रतिशतले वृद्धि भई  ६१ अर्ब पुगेको छ भने आयात २३ दशमलव ८ प्रतिशतले वृद्धि भई र नौ खर्ब ४९ अर्ब पुगेको बताए ।