गुराँस लघुवित्तको शेयर आजदेखि नेप्सेमा किनबेच हुने

0
Shares

गुराँस लघुवित्तको शेयर जेठ १४ गते मंगलबारदेखि नेप्सेमा किनबेच गर्न सकिनेछ ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ सहित कूल ७ लाख ७५ हजार कित्ता शेयर सोमबार नेप्सेमा कारोबारका लागि सूचीकृत गरेको छ।

गुराँस लघुवित्तले बैशाख गत १६ गते देखि २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ निष्काशनमा गरी बैशाख २६ गते बाँडफाँड गरेको थियो।

लघुवित्तको आईपिओमा ३ लाख १ हजार ३९६ जना लगानीकर्तामध्ये जम्मा २३ हजार ३६३ जनाले गोलाप्रथा मार्फत १० कित्ताका दरले शेयर प्राप्त गरेका थिए।

नेप्सेले बजार खुल्ने समय अवागै कम्पनीको कारोबार कोड र सुरुवाति मूल्य निर्धारण गर्नेछ ।

धनकुटामा केन्द्रीय कार्यालय रहेको लघुवित्तको आईपिओ निष्काशन पछि चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ । यस अघि नै संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको थियो।