इन्फिनिटी लघुवित्तको आइपिओमा माग भन्दा दोब्बर बढी आवेदन, आइपिओमा आवेदन गर्ने आज दोस्रो दिन

0
Shares

इन्फिनिटी लघुवित्तले निष्काशन गरेको आइपिओमा पहिलो दिनमा नै मागभन्दा दोब्बर बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेडका अनुसार आइपिओ खुलेको पहिलो दिन जेठ १३ गते सोमबार १३ लाख ५६ हजार कित्ता शेयरका लागि आवेदन परेको छ ।

जबकि कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयरका लागि आवेदन माग गरेको छ । जसमध्ये पनि ३३ हजार ७०० म्युचुअल फण्डका लागि १० हजार ३७० कित्ता कम्पनीको कर्मचारीका लागि छुट्याइएको छ । बाँकी कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको हो ।

पहिलो दिन सोमबार ६० हजार ९७० आवेदकले शेयर माग गरेका छन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३३७० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । पहिलो दिनमै माग भन्दा दोब्बर बढी आवेदन परिसकेकाले दश कित्ता भन्दा बढी आवेदन नगर्दा उपयुक्त हुनेछ ।

उक्त आइपिओमा जेठ १६ गतेभित्र आवेदन दिन सकिन्छ ।