हिमाल दोलखा हाइड्रोको १६ लाख कित्ता आइपिओमा आवेदन खुल्यो

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १६ लाख कित्ता साधारण सेयर (आइपिओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा आयोजना प्रभावित क्षेत्रका बासीन्दाका लागि १६ करोडको आइपिओ जारी गरेको हो ।

आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयरमा लगानीकर्ताले लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम), माछापुच्छ्रे बैंक (इलाम), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । साथै, सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

आइपिओमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ । सो समयसम्म आवश्यक आवेदन नपरेमा असार १३ गतेसम्म बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ ।

यसमा सेयर निष्कासन तथा बिक्री प्रवन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । हिमाल हाइड्रोको केन्द्रीय कार्यालय जावालाखेल, ललितपुरमा रहेको छ । इलाममा हिमालका दुई वटा आयोजना निर्माणधीन रहेका छन् । जसमा माई खोला स्मल हाइड्रोपावर ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट छन् ।