मेक्सिकोले भन्यो: ‘अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण आवश्यक छैन,हामी मजबुत अवस्थामा छौँ ‘

0
Shares

मेक्सिकोको अर्थतन्त्र मजबुत रहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण सापटी लिन आवश्यक नरहेको यहाँका राष्ट्रपति आन्द्रेज म्यानुयल लोपेज ओब्राडोरले बताएका छन।

राष्ट्रपति लोपेज ओब्राडोरले भने, “मेक्सिकोलाई मुद्रा कोषको नयाँ ऋणका लागि आवेदन दिने छैनौ । हामीले राष्ट्रलाई थप ऋणमा राख्न चाहँदैनौँ । हामी मजबुत अवस्थामा छौँ ।”

राष्ट्रपतिले मुद्रा कोष्का महा निर्देशक क्रिश्टिन लिगार्डसँग बुधबार हुने भेटमा यो कुराको जानकारी गराउने नियमित पत्रकार सम्मेलनका क्रममा सञ्चारकर्मीलाई बताए ।

सन् २०१८ को डिसेम्बरमा जिम्मेवारी सम्हालेका राष्ट्रपति लोपेज ओब्राडोरले भने, “भाग्यको कुरा हामीले आर्थिक सहयोग लिनु नपर्ने अवस्था आएको छ । सबै कुरा लयमा चलेका छन् । राष्ट्रको अर्थतन्त्रले सही बाटो लिन थालेको छ ।”

मेक्सिकोको अर्थतन्त्र गत बर्षको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा १.२ प्रतिशतले बढेको यहाँको नेशनल इन्स्टिच्युट अफ स्टाटिस्टक एण्ड जियोग्राफी (इनेगी) ले जनाएको छ ।

मेक्सिकोको कुल ग्राहस्थ उत्पादनमा सन् २०१८ को चौथो त्रैमासिकमा अघिल्लो बर्षको सोही समयको तुलनामा ०.२ प्रतिशतले गिरावट आएको थियो ।