प्रिमियर इन्स्योरेन्सको ८० प्रतिशत बोनस सेयर, चुक्ता पुँजी १ अर्ब ५ करोड पुग्ने


प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफावाट सेयरधनीलाइ ७९.७९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।

 

कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले बोनस सेयरको कर प्रयोजनका लागि नगद लाभांस सहित कुल ८४ प्रतिशत लाभांश वितारण गर्ने प्रस्ताव गरेको हो ।

अघिल्लो बर्ष एफपिओ बिक्री गरेको कम्पनीले १३.५२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

हाल चुक्ता पूँजी ५८ करोड ४० लाख रहेको कम्पनीले ७९.७९ प्रतिशत बोनस बापत ४६ करोड ६० लाख रुपैयाँ बरावरको बोनस र २ करोड ४५ लाख रुपैयाँ बराबरको नगद लभासं वितरण गर्नेछ । बोनस सेयर वितरणपछि कम्पनी चुक्ता पुँजी एक अर्ब ५ करोड पुग्नेछ ।

बीमा समितिको निर्देशन अनुसार कम्पनीले असार मसान्तभित्र एक अर्ब पूँजी कायम गर्नुुपर्छ । त्यसका लागि बिमा समितिले केही विकल्पसहितको बाटो पनि खोलिदिएको छ । दोस्रो बजारमा प्रिमियरको प्रतिकित्ता १२ सय रुपैयाँमा खरिद बिक्री भएको छ ।