प्राइम बैंकद्धारा कन्काई विकास बैंक एक्वीजिशन गर्ने सम्झौता

0
Shares

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक एक्वीजिशन गर्ने सम्झौता गरेको छ। प्राइम बैंकको मूख्य कार्यालय कमलपोखरीमा जेठ २२ बुधबार गते एक्विजिशन सम्बन्धी सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा प्राइमको तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सेवक दाहालले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात कन्काई विकास बैंकको अध्यक्ष दाहालले एक-एक जोडेर दुई नभई ११ को नतिजा ल्याउनेगरि अगाडि बढ्ने बताए भने प्राइमका अध्यक्ष श्रेष्ठले सम्झौताले नयाँ उत्साह थपेको भन्दै शेयरधनीलाई अधिकतम लाभांश दिनेगरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

हाल शेयर स्वाप रेसियोमा टुङ्गोमा नपुगेपनि कन्काइको एक सय कित्ता शेयर बराबर प्राइमको ७१ कित्ता आदान प्रदान रेसियोमा सहमति भएको छ। हाल प्राइमको ८ अर्ब ३ करोड र कन्काईको ५१ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी छ । एकीकृत कारोबार पश्चात प्राइम बैंकको शाखा सञ्जाल ८९ पुग्नेछ ।

एक्विजिशनले ग्रामिण क्षेत्रको कृषि क्षेत्रमा वित्तीय स्रोतको पहुँच वृद्धि, ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना र देशको समग्र आर्थिक उन्नयनमा सहयोग पुग्ने प्राइम बैंकले जनाएको छ।