नेपाल इन्स्योरेन्स लिलामी शेयर बाँडफाँड

0
Shares

नेपाल इन्स्योरेन्सले जेठ ५ देखि १९ गतेसम्म लिलामीमा ल्याएको २ हजार ५११ कित्ता संस्थापक र एक लाख ४४ हजार ५९१ कित्ता सर्वसाधारण शेयरको बोलपत्र ग्लोबल आईएमई क्यापिटलमा शुक्रबार खुला गरिएको छ ।

प्राराम्भिक तथ्याङ्क अनुसार सर्वसाधारण शेयरको कटअफ ३५६ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। इन्स्यारेन्सको साधरण शेयर जेठ २३ गते बिहीबार प्रतिकित्ता ३८२ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल इन्स्योरेन्सले फागुन २१ गतेदेखि चैत २५ गते सम्म चुक्ता पूँजी ६१ करोड ७६ लाख ३९ हजार रुपैयाँको ६५ प्रतिशत अर्थात ४० करोड १४ लाख रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५२ कित्ता हकप्रद शेयर बिक्री गरेको थियो। उक्त समयमा नबिकेको हकप्रद इन्स्योरेन्सले लिलामीमा ल्याएको हो।

हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोकेभन्दा बढी एक अर्ब एक करोड ९१ लाख रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्स्योरेन्सले १३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ २० कायम गरको छ ।