शेयर बजारमा थपियो आठ लाख ८५ हजार कित्ता शेयर

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा यस साता दुई कम्पनीको शेयर सूचीकरण भएको छ। स्टकका अनुसार फरवार्ड कम्युनिटी लघुवित्तले बोनस र उन्नति माइक्रोफाइनान्सले हकप्रद सूचीकरण गराएका हुन्।

फरवार्ड कम्युनिटी लघुवित्तले गत आवको नाफाबाट वितरण गरेको ७ लाख ७५ हजार ६३ कित्ता बोनस शेयर सूचीकरण भएको हो। लघुवित्तको २०७५ पुस २९ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश पारित भएको थियो।

उन्नति माइक्रोफाइनान्सको यसअघि जारी गरेको चुक्ता पूँजीको २० प्रतिशत हकप्रद बराबरको एक लाख १० हजार कित्ता शेयर सूचीकरण भएको हो। माइक्रोफाइनान्सले २०७५ फागुन १३ देखि चैत १७ गतेसम्म हकप्रद निष्काशन गरेको थियो। उक्त हकप्रद २०७६ बैशाख ३ गते बाँडफाँड भएको थियो।