दोर्दी खोलाको आइपीओलाई ग्रेड ४ रेटिङ्ग, झण्डै ५५ लाख कित्ता जारी गर्ने

0
Shares

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गर्न लागेको आइपीओलाई रेटिङ्ग कम्पनी इक्राले औसतभन्दा कम आधार जनाउने इक्रा एनपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ५४ करोड ९६ लाख ६९ हजार ६०० रुपैयाँ बराबरको ५४ लाख ९६ हजार ६९६ कित्ता सार्वजनिक निष्काशन गर्न इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग गराएको छ।

रेटिङ्ग सम्पन्न गरेको कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ ।

आईपीओ बिक्रीमबाट संकलित हुने रकम दोर्दी खोला कम्पनीले लम्जुङमा निमार्ण गर्ने १२ मेगावाट क्षमताको दोर्दी १ आयोजना निमार्णमा उपयोग गर्ने उल्लेख छ। कम्पनीले निमार्ण गर्ने आयोजनाको लागत कुल लागत २ अर्ब २९ करोड २० लाख रुपैयाँ रहेकाले प्रतिमेगावाट १९ करोड ११ लाख रुपैयाँ रहेको छ।सो आयोजनमा पाँच बैंकले ७५ प्रतिशत ऋण लगानी गर्नेछन्। २५ प्रतिशत प्रवद्र्घकको लगानी रहनेछ ।

सन् २०१० मा स्थापना भएको दोर्दी खोला जलविद्युत कम्पनी सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सहायक कम्पनी हो। हाल यस कम्पनीको चुक्ता पूँजी ७५ करोड ९० लाख रुपैयाँ छ ।