विश्व अर्थतन्त्रमा व्यापार तनाव ‘प्रमुख खतरा’

0
Shares

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्रमा व्यापार विवाद मुख्य चुनौति रहेको बताएको छ ।

चीन–अमेरिकाबीचको व्यापार विवादका कारण विश्व आर्थिक वृद्धिदर प्रमुखरूपमा प्रभावित भएको भन्दै यसलाई सुल्झाउनका लागि विश्व समुदायले विभिन्न मञ्चमा विचारहरू व्यक्त गरिरहेका समय मुद्रा कोषले उक्त धारणा सार्वजनिक गरेको हो ।

आइतबार मुद्रा कोषका प्रमुख क्रिष्टिन लेगार्डले भने, “विश्व व्यापार तनावले विश्वको आर्थिक वृद्धिमा ‘मुख्य चुनौति’ दिएको छ ।”

चीन–अमेरिकाबीचको कर वृद्धिले विश्व आर्थिक विकासलाई ‘महत्वपूर्ण धक्का’ पु¥्याउन सक्ने उनको भनाई थियो ।

लेगार्डले जी–ट्वन्टी समूह राष्ट्रहरूका अर्थमन्त्रीहरूसँग भेट गरेपछि जारी गरेको विज्ञप्तिमा उक्त चासो व्यक्त गरेका हुने ।