रिलायन्स फाइनान्सको दुई आर्थिक वर्षको लाभांश पारित


रिलायन्स फाइनान्सको जेष्ठ २७ गते एकसाथ सम्पन्न आठौं र नवौं वार्षिक साधारण सभाले दुई आर्थिक वर्षको लाभांश तथा अन्य संस्थासँग मर्जर तथा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ ।

दुई आर्थिक वर्षको साधारण सभा एकैपटक गरेको फाइनान्सले कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर) वा विलय (एक्विजिसन) गर्न संचालक समितिलाई अख्तियारी दिएको छ ।

साथै फाइनान्सले आर्थिक वर्ष २०७३/०७४ को संचित मुनाफाबाट कुल चुक्ता पूँजीको १२ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै आव २०७४/०७५ को मुनाफाबाट २.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गराएको छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी ८३ करोड पुग्नेछ ।

यसैगरी साधारण सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको समुहबाट ३ प्रतिनिधित्व गर्ने गरी ६ जना संचालकको चयन गरेको छ ।