हिमाल दोलखा हाइड्रोको आईपिओमा असार १३ गतेसम्म आवेदन दिन पाइने

0
Shares

हिमाल दोलखा हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्र इलामका स्थानीयका लागि निष्काशन गरेको साधारण शेयरमा अगामी असार १३ गतेसम्म आवेदन दिन पाइने भएको छ ।

जेठ १४ गतेदेखि निष्काशन भएको कम्पनीको आईपिओमा निर्धारित १५ दिन अवधिमा न्यून आवेदन परेपछि समयावधि थपिएको हो। यसअघि छिटोमा जेठ २८ गते मंगलबारसम्म मात्र आइपीओ भर्न पाउने व्यवस्था थियो।

कम्पनीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता साधारण शेयर जारी गरेको छ । हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएम क्यापिटलका अनुसार मंगलबार बिहानसम्म उक्त आईपिओमा एक करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको मात्र आवेदन परेकोे छ।

हिमालका दोलखा हाइड्रोपावरले इलाममा माई खोला स्मल हाइड्रोपावर र माई खोला स्मल क्यास्केड गरि दुई वटा आयोजना निर्माण गरिरहेको छ । जसमा माई खोला स्मल हाइड्रोपावरको क्षमता ४.५५ मेगावाट र माई खोला स्मल क्यास्केड हाइड्रोपावर ८ मेगावाट रहेको छ।